काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् ।
काठमाडौं उपत्यकामा साेमबार थप ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जनालाई संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाे तथ्यांक अनुसार हाल काठमाडौं उपत्यकामा ७७२३ सक्रिय संक्रमित छन् ।