काठमाडाैं । युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ।
संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा उत्पादित कोभिसिल्ड लगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो ।
युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ ।
अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्र युरोप प्रवेशका लागि अनुमति दिइने र यसो भएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ।
युरोपेली आयोगको निर्णयपछि भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशङ्का उत्पन्न भएको छ ।