काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो ।
निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि थपिएकाे समयमा पनि थप गाेल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।
निर्धारित समयमा दुवै टोलीले एक-एक रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएका थिए ।
पेरुका लागि जियालुका लापाडुलाले १५ औँ र ४०औं मिनेटमा गोल गरे भने योसिमर योटुनले ८० औँ मिनेटमा गोल गरे । पाराग्वेका लागि गुस्ताभो गोमेजले ११ औँ, जुनियर अलोन्सोले ५४औँ र गाब्रीएल अभालोसले ९० औँ मिनेटमा गोल गरे ।
पेनाल्टीमा पेरुका लागि जियानलुका लापाडुला, योसिमर योटुन, रेनाटा तापिया र मिगुएल ट्राउकाले गोल गरे । सान्टियागो ओमेरनो र क्रिस्टिएन चुएभाले गोल गर्न सकेनन् । पाराग्वेका लागि एन्जल रोमेरो, जुनियर एलोन्सो र रोबर्ट पिरिसले मात्र गोल गरे । हेक्टर मार्टिनेज, सामु र अल्बर्टो एस्पिनोला गोल गर्न असफल भए ।