काठमाडाैं । ब्राजिलले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाएको छ । चिलिमाथि एक शून्य गाेल अन्तरकाे जित निकालेर ब्राजिल सेमिफाइनलमा पुगेकाे हाे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु हुनासाथ ब्राजिलले अग्रता बनायो ।
४७ औँ मिनेटमा लुकास पाक्वेटाले ब्राजिललाई अग्रता दिलाए । दोस्रो हाफमा खतरनाक ट्याकल गरेपछि गाबरियल जेसस रातो कार्ड खाएरक मैदानबाट बाहिरिए । अन्तिम ३० मिनेट ब्राजिलले १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।
१० खेलाडीमा सीमित रहेकाे ब्राजिललाई चिलीले बल नियन्त्रणमा राखेर अत्यधिक दबाब थियो । तर गोल गर्न भने सकेन । ब्राजिलले अब सेमिफाइनलमा पेरुको सामना गर्नेछ ।