काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले भारी वर्षा हुने भएको हो ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरी देशका विभिन्न ठूला नदी र खोलामा बाढीको जोखिम रहेको उल्लेख गरेको छ ।
कोशी र नारायणीका केही सहायक नदी तथा पूर्वी राप्ती, कमला, बागमती र कनकाई जलाधारका केही सहायक नदीहरुमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
तमोर‚ भोटेकोशी‚ सुनकोशीलगायत कोशीका सहायक नदीहरुको बहाव बढ्ने छ । यस्तै‚ नारयणी नदीका सहायक नदीहरु त्रिशूली‚ बुढीगण्डकी‚ कालीगण्डकी‚ मर्स्याङ्दीलगायतमा पनि पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार तीन दिनको समग्र अवस्था विश्लेषण गर्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यी खाेला तथा नदीमा छ बाढीकाे जाेखिम :