काठमाडाैं । कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले शानदार जित निकालेकाे छ ।
अर्जेन्टिनाले बोलिभियामाथि ४–१ काे शानदार जित निकालेकाे हाे । अर्जेन्टिनाकाे जितमा मेस्सीले २ गाेल गरे । मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सबैभन्दा धेरै १४८ खेल खेल्ने कीर्तिमान पनि बनाएका छन् ।
अर्जेन्टिनाले खेलकाे सुरुवातीमा नै अग्रता लिएकाे थियाे । उसका लागि छैटौँ मिनेटमा अलेहान्ड्रो डारिओ गोमेजले गाेल गरे ।
त्यसपछि ३३ औँ मिनेटमा पाएकाे पेनाल्टीमा लियाेनल मेस्सीले गाेल गरे । त्यसपछि मेस्सीले पुन: ४२ औँ मिनेटमा गाेल गरे । बोलिभियाका लागि ६० औँ मिनेटमा एर्विन साभेड्राले एक गोल फर्काए । त्यसपछि पुन: अर्जेन्टिनाका लागि ६५ औँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरे ।
अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरको सामना गर्नेछ । उरुग्वे र कोलोम्बियाले अन्तिम ८ मा खेल्दा ब्राजिलले चिलीको सामना गर्नेछ । पेरुले पाराग्वेसँग खेल्नेछ ।