काठमाडाैं । कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो ।
समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगे । समूह ‘बी’ बाट आयोजक ब्राजिल, पेरु, कोलम्बिया र इक्वेइडरले अन्तिम आठमा स्थान पक्का गरे ।
अब ३ जुलाईदेखि अन्तिम आठका खेल सुरु हुनेछन् ।
अन्तिम आठमा पेरु र पाराग्वेबीच पहिलो खेल हुेनछ । दोस्रो खेलमा ब्राजिल र चिली भिड्नेछन् । उरुग्वे र कोलम्बियाबीच तेस्रो खेल हुँदा अर्जेन्टिना र इक्वेइडर चौथो क्वार्टरफाइनलमा भिड्नेछन् ।
यस्ताे छ नेपाली समयअनुसार तालिका :
३ जुलाई, शनिबार – पेरु विरुद्ध पाराग्वे – विहान २:४५ बजे
३ जुलाई, शनिबार – ब्राजिल विरुद्ध चिली – विहान ५:४५ बजे
४ जुलाई, आइतबार – उरुग्वे विरुद्ध कोलोम्बिया – विहान ३:४५ बजे
४ जुलाई, आइतबार – अर्जेन्टिना विरुद्ध इक्वेडर – विहान ६:४५ बजे
सेमिफाइनल :
६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४:४५ बजे
७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६:४५ बजे
तेस्रो स्थान :
१० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५:४५ बजे
फाइनल :
११ जुलाई, आइतबार – सेमिफाइनलका विजेता हरु – विहान ५:४५ बजे