Aafno Khabar

संघर्षपूर्ण जित निकालेर इटाली युराेकपकाे क्वाटरफाइनलमा

  • आफ्नो खबर
  • June 27, 2021 प्रकाशित

काठमाडाैं । इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको अन्तिम १६ को खेलमा अष्ट्रियामाथि जित निकालेर युराेकपकाे क्वाटरफाइनलमा स्थान बनाएकाे हाे । निर्धारित ९० मिनेटकाे खेलमा दुवैतर्फबाट गाेल हुन नसकेपछि समय थप गरिएकाे थियाे ।

निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियाे ।

इटालीका लागि ९५ औँ मिनेटमा फेदेरिको किएसा र १०५ औँ मिनेटमा मातेओ पेसिनाले गोल गरे । अस्ट्रियाका लागि सासा कालाज्ड्जिकले ११४ औँ मिनेटमा एक गोल फर्काए ।

निर्धारित ९० मिनेटको समयमा अस्ट्रियाका मार्को अर्नाउतोविचले गोल गरेका थिए, तर सो गोलले मान्यता पाएन ।

अष्ट्रियामाथि जित निकालेर इटालीले नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरेको छ । लगातार ३१ खेल अपराजित रहँदै इटालीले ८२ वर्ष पुरानो कीर्तिमान तोडेको हो । यसअघि इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो ।