काठमाडौं । युरोपियन च्याम्पियनसिपको नकआउट चरण शनिबारदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा याे प्रतियोगिताको भइरहेकाे छ ।
सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । ८ टोली भने समूह चरणबाटै बाहिरिसकेका छन् ।
पहिलो चरणको समूह एबाट इटाली, वेल्स र स्वीट्जरल्यान्ड अन्तिम १६ मा छन् । त्यस्तै, समूह बीबाट बेल्जियम र डेनमार्क तथा सीबाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेन, समूह डीबाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् ।
यस्तै, समूह ईबाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएका छन् ।
क्वार्टरफाइनल प्रवेशका लागि शनिबार राति हुने पहिलाे खेलमा वेल्स र डेनमार्क भिड्ने छन् । याे खेल नेपाली समय अनुसार राति ९:४५ मा हुनेछ । त्यस्तै, राति १२:४५ मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।
यस्ताे छ अन्तिम १६ को खेल तालिका
१२ गते शनिबार : वेल्स विरुद्ध डेनमार्क (राति ९ः४५)
१२ गते शनिबार : इटालीविरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे)
१३ गते आइतबार : नेदरल्याण्डविरुद्ध चेक रिपब्लिक (राति ९ः४५)
१३ गते आइतबार : बेल्जियमविरुद्ध पोर्चुगल (राति १२ः४५ बजे)
१४ गते सोमबार : क्रोएसियाविरुद्ध स्पेन (राति ९ः४५)
१४ गते सोमबार सोमबार : फ्रान्सविरुद्ध स्विटजरल्याण्ड (राति १२ः४५ बजे)
१५ गते मगंलबार : इङल्याण्डविरुद्ध जर्मनी (राति ९ः४५)
१५ गते मगंलबार : स्विडेनविरुद्ध युक्रेन (राति १२ः४५ बजे)