काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २ हजार ५१८ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
काठमाडौं उपत्यकामा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका २३४ जना, ललितपुरका ६८ जना र भक्तपुरका ३३ जना रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेकाे छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा, ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा, ७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।