काठमाडाैं । पाेर्चुगल, फ्रान्स र जर्मनी युराेकपकाे दाेस्राे चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएकाे खेलमा एक आपसमा २-२ गाेलकाे बराबरी खेलेर तीन वटा टिम दाेस्राे चरणमा प्रवेश गरेका हुन् । पाेर्चुगलका लागि राेनाल्डाेले २ गाेल गरे भने फ्रान्सका लागि करिम बेन्जेमाले २ गाेल गरे । अर्को खेलमा हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि अगाडि बढ्यो ।
समूह ‘एफ’मा ३ खेलपछि ५ अंक बनाएर फ्रान्स विजेता बनेर दाेस्राे चरणमा उक्लियाे भने ४ अंक भएको जर्मनी उपविजेता र ४ अंक नै भएको पोर्चुगल तेस्रो भएर दास्राे चरणमा उक्लिए ।
फ्रान्सविरुद्ध पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टिमा गरेका थिए । खेलमा पाेर्चुगलले सुरुवाती अग्रता लिएकाे थियाे । खेलकाे ३१ औँ मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत गाेल गरेका थिए । त्यसपछि पुन: फ्रान्सले पहिलाे हाफकाे इन्जुरी समयमा पेनाल्टी पायाे । उक्त अवसर फ्रान्सका करिम बेन्जेमाले गाेलमा परिणत गरे ।
त्यसपछि पुन: ४७ औँ मिनेटमा फ्रान्सले अग्रता लिएको थियो । तर पोर्चुगलले ६० औँ मिनेटमा पाएको पेनाल्टी अवसरमा रोनाल्डो पुन: सफल भए । त्यसपछि भने खेलमा गाेल हुन सकेन र बराबरीमा राेकियाे ।
अर्को खेलमा हंगेरी र जर्मनी पनि बराबरी खेले । हंगेरीले खेलकाे ११ औँ मिनेटमा नै सुरुवाती अग्रता दिलाएकाे थियाे । तर ६६ औँ मिनेटमा जर्मनीले खेल बराबरीकाे स्थितिमा ल्यायाे । त्यसपछि पुन: ६८ औँ मिनेटमा हंगेरीले गाेल गर्न सफल भयाे । यसरी २ पटक पछि परेकाे अवस्थामा जर्मनीले ८४ औँ मिनेटमा खेल बराबरीमा फर्काउन सफल बन्याे ।