काठमाडौं । नेपालमा अब आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने भएको छ । आन्तरिक उडान असार १७ गतेदेखि संचालन हुने भएको छ भने अन्तर्राष्ट्रिय उडान भने बिहीबारदेखि सुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे हाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को अनुमतिपछि विभिन्न मुलुकका रुटमा अन्तर्राष्ट्रिय उडान खुला हुन लागेको हो । जुलाई २४ मा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछन् ।
२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । जुन २६ मा कतार एयरवेजको दोहाबाट काठमाडौं उडान गर्ने छ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने र एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका निकालेको छ ।
उडानमा स्वास्थ्यको मापदण्डमा कोभिड–१९ प्रोटोकल पूर्णरुपमा लागु हुने बताइएकाे छ । कोरोना सङ्क्रमण बढेपछि गएको वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरिएको थियो ।
यस्ताे छ अन्तर्राष्ट्रिय उडान तालिका :