काठमाडाैं । कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले जित निकालेकाे छ ।
ब्राजिलमा जारी प्रतियोगितामा समूह ए अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा १० औँ मिनेटमा एलेहान्ड्रो डारिओ गोमेजले गरेको गोल नै निर्णायक बन्यो । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरेका थिए ।
अहिलेसम्म खेलेका तीन मध्ये दुई खेलमा जित दर्ता गरेको अर्जेन्टिना सात अंकसहित समूहको शीर्ष स्थानमा छ । पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा चिलि र उरुग्वेले १–१ को बराबरी खेलेका छन् । चिलिका लागि २६ औँ मिनेटमा एडुआर्डो भार्गासले गोल गरेका थिए ।
यस्तै ६६ औँ मिनेटमा लुइस स्वारेजले गोल गरि उरुग्वेलाई बराबरीको नतिजा दिलाए । चिलि ५ अंकसहित दोस्रो तथा उरुग्वे एक अंकसहित चौथो स्थानमा रहेकाे छ ।