Aafno Khabar

नेपालमा काेराेना संक्रमण पुष्टि दर घट्याे, २४ घण्टामा ५३ जनाले गुमाए ज्यान

  • आफ्नो खबर
  • June 14, 2021 प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५३ जनाले ज्यान गुमाएका छन् । नेपालमा निको हुने दर ८७.८ प्रतिशत छ भने मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

देशभर कुल १४ हजार ८ सय १९ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार १ सय ४७ रहेको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा मात्रै ६०७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३९६, भक्तपुरमा ६६ र ललितपुरमा १४५ जना रहेका छन् ।