काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनकाे ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।
स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनी अस्पताल भर्ना भएका थिए । उनको छातीमा निमोनियाको संक्रमण देखा परेको बताइएकाे छ ।
अस्पतालले दिएकाे जानकारी अनुसार ‘हाल स्वासप्रश्वासको स्थिति र मुटुको चाल स्थिर रहेको छ । अरु केही दिन उहाँलाई अस्पतालमै राखी उपचार जारी राखिनेछ ।’
१०२ वर्षका जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
उनकाे उपचारमा छाती रोग विशेषज्ञ प्रा. डा. मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।