काठमाडौं । त्रिविले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा फारम भर्दा केही परीक्षार्थीहरुको रजिष्ट्रेसन नम्बरअनुसार अनलाइन एक्सेस नखुलेको भएकाले जेठ २६ गतेदेखि रजिष्ट्रेसन नम्बर नराखी फारम भर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना जारी यसबारे जानकारी गराएकाे हाे । जेठ मसान्तसम्म सबै परीक्षार्थी तथा क्याम्पसहरुले सम्पूर्ण आवेदन फारम भरिसक्नु पर्ने पनि त्रिविले जनाएको छ ।
सन् २०१९ को रजिष्ट्रेसन नम्बर कायम नभएका परीक्षार्थीको हकमा रजिष्ट्रेसन फारम तथा आवश्यक प्रमाणपत्र र दोब्बर दस्तुर शुल्क लिई सम्बन्धित क्याम्पसले अनलाइन फारम भर्नुपर्ने र प्रवेशपत्र वितरणको समयभित्र अनिवार्य रुपमा रजिष्ट्रेसन नम्बर लिइसक्नुपर्ने त्रिविले सूचित गरेको छ । अन्यथा रजिष्ट्रेसन नम्बर कायम नभएका परीक्षार्थीले परीक्षा दिन नपाउने त्रिविले जनाएको छ ।
हेर्नुहाेस् सूचना :