Aafno Khabar

बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

  • आफ्नो खबर
  • June 4, 2021 प्रकाशित

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गरी तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आफ्नो स्वीकृत शैयाको २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ । दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ । साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ ।’