Aafno Khabar

उपत्यकामा थप १० दिन निषेधाज्ञा, राती निर्माण सामग्रीकाे गाडी चल्न पाउने

  • आफ्नो खबर
  • June 2, 2021 प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गरिएकाे छ । थप गरिएकाे समयानुसार अब जेठ ३१ सम्म काठमाडाैं उपत्यकामा निषेधाज्ञा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

वैशाख १६ बाट जारी निषेधाज्ञा अब जेठ ३१ सम्म पुगेकाे छ । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने भएकाे छ ।

बैठकले सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय पनि गरेकाे छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा ढुवानी गर्न दिइने निर्णय भएकाे एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।