Aafno Khabar

कोरोना भाइरसविरुद्धको दोस्रो चिनियाँ खोपले पनि पायो डब्लूएचओको अनुमति

  • आफ्नो खबर
  • June 2, 2021 प्रकाशित

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनले उत्पादन गरेको अर्को खोप सिनोभाकलाई पनि आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

डब्लूएचओले १८ वर्ष माथिकालाई सो खोप लगाउन मिल्ने बताएको हो । पहिलो मात्रा लगाएको दुईदेखि चार हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्ने बताइएकाे छ ।

सुरक्षा, प्रभावकारिता तथा उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड सिनोभाकले पूरा गरेको डब्लुएचओले भनाइ रहेकाे छ ।

सिनोभाक खोप लगाएका मध्ये आधा लक्षणयुक्त संक्रमणबाट जोगिन सक्ने तथा शतप्रतिशतलाई संक्रमण भए पनि गम्भीर अवस्था आएर अस्पताल भर्ना हुने अवस्था नआउनले अध्ययनले देखाएको छ ।

सिनोभ्याक अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ । ब्राजिलमा यो खोप धेरै प्रभावकारी देखिएको बताइएको छ । डब्लूएओकाे मान्यता पाउनुपूर्व नै याे खाेप प्रयाेगमा आइसकेकाे छ ।

यसअघि सिनोफार्मले उत्पादन गरेको खोपलाई डब्लुएचओले अनुमति प्रदान गरिसकेको थियाे । नेपालमा पनि चीनकाे सिनाेफार्मले उत्पादन गरेकाे भेराेसेल खाेपकाे २० लाख डाेज उपलब्ध भएकाे छ । जसमा १० लाख डाेज खाेप लगाइसकिएकाे छ भने १० लाख डाेज खाेप लगाउने तयारीमा छ ।