काठमाडाैं । अफ्रिकन युनियन (अफ्रिकी संघ) को संसदमा सोमबार हंगामा मच्चिएको छ । ब्यालट बक्सका विषयमा सांसदहरुबीच झगडा भएकाे थियाे । यही बीचमा एक सांसदले महिला सांसदमाथि लात्ती हाने ।
दक्षिण अफ्रिकाको मिडरान्डमा रहेको संसद् भवनमा संघको व्यवस्थापिका निकायका नयाँ अध्यक्ष छान्ने प्रक्रियामा विवाद भएको हो । दक्षिण अफ्रिकाको राष्ट्रिय टेलिभिजन एसएबीसीले झगडाको दृश्य प्रसारण गरेको थियो ।
अफ्रिकाका विभिन्न क्षेत्रमा पालैपिलो गरी अध्यक्षता गराउने विषयमा पश्चिमी र दक्षिणी भेगका मुलुकहरूबीच विवाद छ । सन् २००४ मा गठन गरिएको संसदमा पश्चिम अफ्रिकाका दुई अध्यक्ष भइसकेका छन् भने दक्षिण भेगको अध्यक्ष अहिलेसम्म बनेको छैन ।
VIDEO: Voting disrupted at Pan African Parliament pic.twitter.com/J2L1V02mvg
— SABC News (@SABCNews) May 31, 2021