काठमाडौं । नेपालमा यतिबेला पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण केही स्थानमा माैसम बदली भइरहेकाे छ ।
अहिले प्रदेश १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाकाे सूचनामा उल्लेख छ ।