काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ खोप लगाउन नपाएका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ ।
खोप नलगाएका त्रिविमा अध्ययन, अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचारी र विद्यार्थीलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब पेजमा गई तोकिएका बमोजिम फारम भर्न त्रिविले अनुरोध गरेको छ ।
त्रिविले शनिबार एक सूचना जारी गरी विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले विश्वविद्यालयमा अपुरणीय क्षति पुर्याएको भन्दै खोप लगाउन छुटेका सबैलाई खोपको लागि फारम भर्न आग्रह गरेको हो ।
महामारीबाट सुरक्षित रहन नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्डहरू अनिवार्य रुपमा पालना गर्न गराउने आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई त्रिविले सूचनामार्फत आग्रहसमेत गरेको छ ।