काठमाडाैं । कोरोनाभाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको निधन भएकाे छ । आइतबार विज्ञप्ति जारी गरी त्रिविले हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको निधन भएकाे जनाएकाे हाे ।
ज्यान गुमाउनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षक रहेका छन् । यस्तै, एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगी छन् ।
अहिले कोरोनाले विश्वविद्यालयका ७९ वटा शिक्षण इकाइहरूले पूर्ण रुपमा र ३० वटा निकायहरूले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेकाे छ । कोरोनाका कारण रोकिएका परीक्षाहरू पनि छिटै सञ्चालन गर्न गृहकार्य भइरहेको विश्वविद्यालयले जनाएको छ ।