काठमाडाैं । सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
प्रतिनिधिसभा भंग भएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको अनुमानित खर्चको बजेट प्रस्तुत गरेका हुन् ।
कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१ दशमलव २ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड अर्थात् २२ दशमलव ७ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात् १२ दशमलव ६ प्रतिशत प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात् २३ दशमलव ५ प्रतिशत रहेको छ ।
वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेट मध्ये चालु खर्चमा अनुदानसहित ३ खर्ब २५ अर्ब ७४ करोड अर्थात ८४ दशमलव २ प्रतिशत र पुँजीगततर्फ ६० अर्ब ९७ करोड अर्थात् १५ दशमलव ८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रहेकाे छ । चालु पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजश्व र वैदेशिक अनुदानबाट व्यहाेर्दा ५ खर्ब ५९ अर्ब ३० करोड नपुग्ने देखिन्छ ।
वित्तीय व्यवस्था तर्फको विनियोजित रकम समेत समावेश गर्दा कुल विनियोजनमा नपुग्ने रकम मध्ये मध्ये वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब व्यहोरिने मन्त्री पौडेलले बताए ।
सरकारले आगामी बजेटमा स्वास्थ्य र शिक्षा मुख्य प्राथमिकतामा राखेकाे छ । अर्थतन्त्र चयालमान बनाउन विभिन्न किसिमको कर छुट र भन्सार छुट तथा पुनर्कर्जा र व्यवसाय निरन्तरता कर्जाको कार्यक्रम पनि ल्याएको छ ।
स्वास्थ्य पूर्वाधार विकासका लागि कोभिड उपचारमा प्रयोग हुने उपकरणमा भन्सार छुटकासाथ अक्सिजन प्लाण्ट स्थापनाका लागि अनुदानको व्यवस्था गरेको छ । राष्ट्रवक कर्मचारीको तलब वृद्धिकोसाथ ज्येष्ठ नागरिकका लागि दिने गरिएकाे सामाजिक सुरक्षा भत्ता बढाएको छ ।
हेर्नुहाेस् बजेटकाे पूर्णपाठ :