Aafno Khabar

निषेधाज्ञामा काठमाडाैंमा खाद्यान्न किन्न परे यी नम्बरमा फोन गर्नुस्

  • आफ्नो खबर
  • May 27, 2021 प्रकाशित

काठमाडौं । उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा गर्न लागिएकाे छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन् । यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ ।

यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ । खाद्यान्न सकिएकाे अवस्थामा अब यी नम्बरमा फाेन गरेर खाद्यान्न किन्न सक्नुहुनेछ ।

खाद्यान्न किन्नका लागि किराना पसलमा भीडभाड हुने गरेकाे र काेराेना फेलिएकाे भनि प्रशासनले भीड नगराउनका लागि किराना पसल पनि बन्द गर्न लागेकाे हाे । माछा-मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ ।