काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।
कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।
नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा, ७ हजार ८५० संस्थागत आइसोलेन, आईसीयूमा १ हजार ६४५ र ४५७ जना भेन्टिलेटरमा रहेकाे मन्त्रालयकाे तथ्यांक छ ।
यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । यसअघि बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् ।
बिहीबार काठमाडाैं जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् । बुधबारकाे तुलनामा बिहीबार पुन: उपत्यकामा संक्रमित बढेका हुन् ।