काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ७ हजार १३५ जना कोरोना संक्रमित उपचारपछि निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा काठमाडौं उपत्यकामा २ हजार ७८५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमामा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८५ जनाको ज्यान गएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।
देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ४४७ रहेको मन्त्रालयले जनाएको छ ।