Aafno Khabar

खानपानबाट पनि बढाउन सकिन्छ दृष्टि क्षमता, के खाने ?

  • आफ्नो खबर
  • May 24, 2021 प्रकाशित

काठमाडाैं । प्रविधिकाे विकासका कारण डिजिटल सामग्री हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेकाे अवस्था छ । मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन । कतिपय अवस्थामा भने यी चिजकाे प्रयाेग बिना साेच्न पनि सकिन्न ।

पछिल्लो समय लकडाउनका कारण पनि मानिसहरु घरमा बस्दा मोबाइल र ल्यापटप बढी प्रयोग भइरहेकाे छ । यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले दैनिक जीवन सहज गराए ता पनि लामो समयसम्म यस्ता सामग्रीको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने गरेको पाइन्छ ।

यस्तोमा भोजन र खानेकुराको माध्यमबाट दृष्टि क्षमता बढाउन सकिन्छ । यसका लागि निम्न खानेकुरा खान सकिन्छ ।

– गाढा रङका हरिया सागपात
– फर्सी
– अण्डा
– ब्रोकाउली
– सूर्यमुखीको बदाम
– रातो भेँडे खोर्सानी
– गेडागुडी र सिमी
– सखरखण्ड

सम्बन्धित शीर्षकहरु