Aafno Khabar

काठमाडाैं जिल्ला प्रशासनकाे चेतावनी : अध्यादेश कार्यान्वयनमा अवराेध गरे ५ लाख जरिवाना

  • आफ्नो खबर
  • May 24, 2021 प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ ।

साेमबार एक विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस्ताे व्यवस्थाबारे जानकारी गराएका हुन् । अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छै एकसय रुपैयाँ जरिबाना लगाइने पनि बताइएकाे छ ।

काठमाडाैं उपत्यकामा दाेस्राे लहरकाे काेभिड तीव्र रुपमा फैलिएपछि तीनसाता अघिदेखि निषेधाज्ञा जारी गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप कडाइ गरिने र अझ एकसाता लम्ब्याउने तयारी भइरहेकाे पनि जनाइएकाे छ ।