काठमाडौं । सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आँकलनका साथ कडाइ गर्न लागिएकाे बुझिएकाे छ ।
गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेले शनिबार सुरक्षा प्रमुखहरुलाई निषेधाज्ञाका बेला भीडभाडजन्य गतिविधि गर्न रोक लगाउन र निषेधाज्ञा कडा कार्यान्वयन गराउन निर्देशज दिएका हुन् ।
सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए संक्रामक ऐन तथा निषेधाज्ञा उल्लंघन सम्बन्धी कानून अनुसार १ महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ । गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लाका तीनवटा सुरक्षा निकायलाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्न पनि भनेको छ ।
याे पनि : बिना काम घरबाहिर निस्किए २ हजारदेखि ५ हजार रुपैयाँ जरिवाना