काठमाडाैं । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा केही घर भत्किएका छन् भने केही मानिस घाइते भएका छन् ।
बिहान पाँच बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।
भूकम्पका कारण लमजुङमा केही घर भत्किएकाे तस्बिर सामाजिक सञ्जालमा देखिन थालेका छन् ।
-तस्बिर स्राेत : जीबी घिमिरे प्रदीपकाे फेसबुकबाट ।