Aafno Khabar

काेराेना संक्रमितको उपचारमा सहयोग गर्न सन्दीप लामिछानेले अघि बढाए हात

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ४ गते १२:२१ प्रकाशित

काठमाडाैं । कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग अभियान सुरु गरेका छन् ।

सन्दीपले आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा सक्दो रकम जम्मा गर्न अपिल गरेका छन् । सन्दीप आफूले ३ लाख रुपैयाँ राखेको घोषणा पनि गरेका छन् । संकलन भएकाे रकमबारे टिम सन्दीपले अपडेट गर्ने उनले बताएका छन् ।

संकलित रकम स्थानीय निकाय/प्रशासन कार्यालयको रोहबरमा अति प्रभावित क्षेत्र/स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताका आधारमा वितरण गर्ने सन्दीपले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन् ।