काठमाडाैं । नेपालमा काेराेनाकाे तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन किसिमकाे काेराेनाका भेरियन्ट फेलिएकाे पुष्टि गरेकाे हाे ।
गएकाे साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।
भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ ।
यो दुवै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको हाे । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।