काठमाडाैं । नेपालमा साेमबार थप ९ हजार २४७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएकाे छ । पछिल्लाे २४ घण्टामा २१४ जनाको संक्रमणका कारण मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएकाे पनि मन्त्रालयले जनाएकाे छ ।
पीसीआर विधि र एन्टिजन विधिबाट २२,००० भन्दा बढी परीक्षण गर्दा अहिले उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका अनुसार साेमबार काठमाडाैंमा २ हजार ३४६ जना, ललितपुरमा ४५४ जना र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका हुन् ।