काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाले ज्यान गुमाएका छन् । पछिल्लाे २४ घण्टामा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् ।
पछिल्लाे २४ घण्टामा काठमाडौंमा १ हजार ८८१, भक्तपुरमा २९२, ललितपुरमा ४३६ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयकाे तथ्यांक छ ।