Aafno Khabar

आजदेखि चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज, यी हुन् ५० खाेप केन्द्र

  • आफ्नो खबर
  • May 16, 2021 प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकामा आइतबारदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउन थालेकाे छ ।

पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडाैं महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १–२ वटा खोप केन्द्र तय गरेको छ । चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले ३ गते, चैत ३१ र वैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन् ।

वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते , वैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० गते र वैशाख १५ गते पहिलो डोज लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्ने बताइएकाे छ ।

काेराेना संक्रमण फेलिरहेकाे बेलामा भीड कम हाेस् भनेर खाेप केन्द्र बढाएकाे हाे । उपत्यकामा ५० ठाउँबाट खाेप लगाउन सकिने बताइएकाे छ ।