काठमाडाैं । नेपाल टेलिकमले वैशाख ३१ (मे १४) देखि १ महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर उपलब्ध गराएकाे छ ।
काेराेना भाइरसका कारण विषम परिस्थिति मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराएकाे हाे ।
अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने छ ।
यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।
टेलिकमले विभिन्न भुक्तानी माध्यम र एमपोसमार्फत रिचार्ज गर्दा बोनस डेटासम्म उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार २ सय रुपैयाँदेखि ४९९ रुपियाँसम्म रिचार्ज गर्दा पाँच सय एमबी डेटा उपलब्ध हुनेछ जसलाई दुई दिनभित्र प्रयोग गर्नुपर्नेछ ।
त्यस्तै, पाँच सय रुपियाँभन्दा माथिको रिचार्जमा एक जीबी डेटा उपलब्ध गराइने र त्यसलाई चार दिनभित्र प्रयोग गर्न सकिनेछ । कम्पनीले डेटा प्याक र डेटा बोनस सुविधा एक महिनाका लागि लागू हुने जनाएको छ ।