Aafno Khabar

ओली-नेपाल वार्ता : पार्टी एकीकरणकाे आशा, फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल

  • आफ्नो खबर
  • May 13, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् ।

ओलीसँगकाे वार्ताबाट बाहिरिने क्रममा पत्रकारहरुसँगकाे कुराकानीमा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।

नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा छलफल हुने भएपछि तत्कालका लागि राजीनामा राेकेर मिल्ने दिशामा अघि बढ्ने कुरा भएकाे छ ।’

माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ ।

पछिल्लाे समयमा ओली लचिलाे बनेका छन् । यसअघि फर्कन नसकिने उनकाे अडान थियाे ।