Aafno Khabar

सरकारले ताेक्याे रेम्डेसिभिरकाे मूल्य, यहाँ पाइन्छ किन्न

  • आफ्नो खबर
  • May 12, 2021 प्रकाशित

काठमाडौं । सरकारले कोरोनाको उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य ताेकेकाे छ । बुधबार एक विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयले रेम्डेसिभिरको प्रति भायलकाे मूल्य ताेकेकाे हाे ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले रेम्डेसिभिरको प्रति भायल ४ हजार ९ सय रुपैयाँ मूल्य ताेकेकाे छ । केन्द्रले किन्न पाइने सम्पर्क नम्बरसमेत सार्बजनिक गरेको छ ।

चिकित्सकले रेम्डेसिभिर औषधि सिफारिस गरेमा सम्बन्धित चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गरेमा उपलब्ध हुने केन्द्रले जनाएकाे छ । आवश्यक पर्नेले ललितपुरको कुपण्डोल युएन पार्कस्थित आयन हेल्थकेयरमा सम्पर्क गरेर लिन सकिने बताइएकाे छ ।