Aafno Khabar

मास्क नलगाई सडकमा निस्कनेलाई कुखुरा र भ्यागुता बन्ने सजाय

  • आफ्नो खबर
  • May 12, 2021 प्रकाशित

काठमाडाैं । भारतमा यतिबेला काेराेना संक्रमण उच्च छ । तैपनि मानिसहरू संक्रमणप्रति गम्भीर देखिएका छैनन् ।

भारतकाे झारखण्डमा मानिसहरु मास्क नलगाइ बाहिर निस्कन थालेपछि प्रहरीले नयाँ सजाय दिन थालेकाे छ । प्रहरीले मास्क मास्क नलगाई सडकमा निस्कनेलाई कुखुरा र भ्यागुता बनाउन थालेकाे भारतीय सञ्चारमाध्यममा खबर प्रकाशित भएका छन् ।

मास्क नलगाई हिँड्नेलाई प्रहरीले पक्रेर सजायका रूपमा मुर्गा र भ्यागुता बनाएर सडकमा दौडाएको छ । धनबादको सडकमा मास्क र हेल्मेट नलगाई र आवश्यक काम नभई निस्कने मानिसलाई कारवाही गरिएको हो ।

प्रहरी एएसआई सन्तोष रजकले संक्रमण तीव्र गतिमा फैलिरहेको तैपनि मानिसहरू सचेत नभएको र उनीहरुलाई सचेत गराउनका लागि यस प्रकारकाे सजाय सुरु गरेकाे बताए ।

सम्बन्धित शीर्षकहरु