Aafno Khabar

प्रिमनसुन सक्रिय, यी स्थानमा आज पनि वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • May 12, 2021 प्रकाशित

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव मौसममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । यस्तै बाँकी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

बुधबार दिनभर प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदलि रहने पूर्वानुमान गरेको छ ।

केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाकाे पूर्वानुमान रहेकाे छ । प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।