काठमाडाैं । दिल्लीकाे एक गर्भवती महिलाले शेयर गरेकाे एक भिडियाे यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । दिल्लीकी दीपिका नाम गरेकी एक महिलाले यतिबेला काेराेनासँगकाे लडाइँ हारिसकेकी छिन् ।
आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् । उनका पति रविचावलाले आफ्नी श्रीमती र नजन्मिएको शिशुको मृत्यु भएको जानकारीसहित यो भिडियो सन्देश ट्वीटरमा पोस्ट गरेका छिन् ।
उनले भिडियाेमा भनेकी छन् ‘हेल्लो एभ्रिवान । मैले यो भिडियो निकै मुस्किलसँग बनाइरहेको छु । म तपाईहरु सबैलाई बताउन चाहन्छु कि कोरोनालाई हल्का नलिनुस् । निकै खराब लक्षण छ । म राम्रोसँग बोल्न पनि सकिरहेकी छैन । तर आफ्नो सन्देश सबै समक्ष पुर्याउन चाहन्छु । कृपया बाहिर निस्किएका बेला, मानिसहरुसँग कुराकानी गर्दा, जहिले पनि मास्क लगाउनुस् ।’
दीपिकाकाे ११ अप्रिलमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । १७ अप्रिलमा उनले यो भिडियो रेकर्ड गराएकी हुन् । त्यतिबेला उनको स्वास्थ्य जटिल थियो । उनले २६ अप्रिलमा कोरोनाबाट हार खाएर संसार छाडिन् । दीपिका आफ्ना साढे तीन वर्षका छोरा र पतिलाई छाडेर बिदा भएकी हुन् । दीपिकाका पति रविले ९ मेइमा यो भिडियो ट्वीटरमा शेयर गरेका हुन् ।
I lost my pregnant wife and our unborn child to covid
She breathed her last on 26/4/21 and our unborn child a day earlier. She got covid positive on 11/4 and even during her suffering she had made the above video on 17/4 warning others not to take this covid lightly. #CovidIndia pic.twitter.com/Syg6yddMTD
— Ravish Chawla (@ravish_chawla) May 9, 2021