काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएकाे तथ्यांक प्राप्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमार्फत ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा ४ हजार ४४४ जना निको भएकाे पनि मन्त्रालयले जनाएकाे छ । हाल देशभर सक्रिय करोना संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।
बुधबार सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयकाे तथ्यांक रहेकाे छ ।