सुन्दर देखिने हरेक मानिसकाे चाहाना हुन्छ । अनुहारको छाला सौन्दर्यको प्रतीक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन धेरैले धेरै थरीका उपाय अपनाउँने गरेका छन् । सुन्दर देखिन थुप्रै खर्च गर्ने मानिस पनि थुप्रै छन् ।
सुन्दर देखिनका लागि मानिसहरु बजारमा भएका अनेक थरीका पाउडरलगायतका सामग्रीहरु प्रयाेगमा ल्याउने गर्छन् । जसका कारण केही समयमा विभिन्न किसिमका समस्याहरु देखा पर्न थाल्छन् । शरिरकाे छाला चम्किलाे बनाउनका लागि मानिसकाे खानपानले पनि प्रभाव पारिरहेकाे हुन्छ । आज हामी तपाईँहरुलाई छाला स्वस्थ र सुन्दर बनाउन के खाने ? भन्नेबारे जानकारी दिइरहेका छाैँ ।
– भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ।
– बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।
– जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ ।
– ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ । यस्ताे खानाले छाला सुक्खा हुँदैन ।