काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार साँझको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
केहीसमयको आरामपछि सक्रिय काममा फर्कने पनि उनले उल्लेख गरेका छन् ।
खनालले लेखेका छन्, ‘करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परेपश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको छ ।
अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु । यस क्रममा मेरो उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
साथै, मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, आफन्तहरु, पत्रकार मित्रहरु, समर्थक तथा सुबेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।’