काठमाडाैं । अक्सिजन अभावका कारण काेराेना संक्रमितकाे उपचारमा कठिन हुन थालेकाे छ । काठमाडाैं उपत्यकाका अस्पतालहरुले काेराेना संक्रमितकाे उपचार गर्न अक्सिजन अभाव भएकाे विज्ञप्ति निकाल्न थालेका हुन् ।
अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएकाले सीमित शैयामात्र सञ्चालनमा ल्याउने अस्पतालहरुले बताउन थालेका छन् ।
शनिवार संयुक्त विज्ञप्ति जारी गरी मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्याण्ड्स सामूदायिक अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सीमित शैयामात्र सञ्चालनमा ल्याएर सेवा प्रदान गरिने जनाएका हुन् ।
काठमाडाैं उपत्यकासहित देशधर नै काेभिड १९ संक्रमित तीव्र भएकाले अस्पतालमा अक्सिजन अभाव हुन थालेकाे हाे ।