Aafno Khabar

लुम्बिनीमा सत्ता संकट : मुख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वास प्रस्ताव दर्ता

  • आफ्नो खबर
  • May 9, 2021 प्रकाशित

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आइतबार ४० सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

यसअघि मुख्यमन्त्री पोखरेलले संसदको अधिवेशन अन्त्य गरेर पहिलो पटक आएको अविश्वासको प्रस्ताव छलेका थिए ।

संविधानमा सरकार गठन भएको २ वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न नपाइने व्यवस्था छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दोस्रो पटक आइतबार अविश्वास प्रस्ताव दर्ता भएको हाे । यसअघि वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

यसअघि पेश गरिएको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि संसद अधिवेशन अन्त्य गरी राजीनामा दिएर पाेखरेलले बहुमत सदस्यकाे हस्ताक्षर पेश गरेर पुन: मुख्यमन्त्रीकाे शपथ खाएका थिए ।