Aafno Khabar

*छाेटा राजनकाे मृत्युकाे हल्लापछि एम्स अस्पतालकाे बयान : उपचार भइरहेकाे छ

  • आफ्नो खबर
  • २०७८ बैशाख २४ गते १७:२५ प्रकाशित

काठमाडाैं भारतीय अपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएकाे खबरपछि एम्स अस्पतालले उपचार भइरहेकाे जनाएकाे छ । यसअघि अल इन्डिया रेडियाेकाे आधिकारिक ट्वीटर ह्याण्डलबाट उनकाे मृत्युकाे खबर आएकाे थियाे ।

तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ मा काेराेना संक्रमण भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो ।

मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० वटा मुद्दामा उनको समूहको संलग्नता रहेको अभियोग लागेको थियो । छोटा राजनको अपराध सञ्जाल भारतमा मात्र सीमित थिएन । उनको समूह नेपालमा भएका केही हाइप्रोफाइल हत्यामा संलग्न रहेको जाँचबुझ आयोगका प्रतिबेदनहरुको ठहर छ ।

यसअघि असावधानीवस अन्यथा पर्न गएकाे र गलत समाचार सम्प्रेषण भएकाेमा क्षमाप्रार्थी छाैँ । -सम्पादक