Aafno Khabar

शय्या खाेज्दाखाेज्दै काेराेना संक्रमित वडा सदस्यकाे एम्बुलेन्समै मृत्यु

  • आफ्नो खबर
  • May 7, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडाैं । अस्पतालमा शय्या खोजिरहँदा बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको एम्बुलेन्समा गएराति मृत्यु भएको छ ।

नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । तीन दिनअघि शय्या खोज्न आफैँ अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आएका थिए । बिहीबार समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू, भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दा खाेज्दै एम्बुलेन्समै निधन भयो ।

वडाध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण बडा सदस्य थापाको मृत्यु भएको बताए । थापाका श्रीमती र १ छोरी रहेका छन् ।