काठमाडाैं । सिन्धुपाल्चाेक जिल्लाको ९ स्थानीय तहमा बिहीबारदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधवारको बैठकले तोकिएका तहमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसंखु पाखर गाउँपालिकाका केही क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।